FLASH NEWS

भुटानी शरणार्थी प्रकरण : अभियुक्तहरुको बयान सुरु


नेपाल आवाज १२ जेष्ठ २०८०, शुक्रबार १५:४० मा प्रकाशित १२७९ पाठक संख्या

काठमाडौं । जिल्ला अदालत काठमाडौंका न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासमा नक्कली भुटानी शरणार्थी प्रकणका अभियुक्तको बयान सुरु भएको छ । आज (शुक्रबारदेखि सुरु बयान सुरु भएको हो । पहिलो दिन केशव दुलाल र सागर राईको बयान हुने भएको छ ।


अभियुक्तहरुलाई थुनामा पठाउने कि थुनाबाहिर राख्ने भन्ने आदेश गर्नुअघि इजलासको फाँट नं २५ मा बयान लिन थालिएको हो । अहिले पक्राउ परेकाको बयान सकेर थुनछेक आदेश आउने छ ।

पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्वगृहमन्त्री बालकृष्ण खाँणसहित ३० जनालाई प्रतिवादी बनाइएको छ । तीमध्ये १६ जना प्रहरी हिरासतमा छन् भने ४ जना फरार छन् ।

उनीहरुविरुद्ध ठगी, लिखित किर्ते, राज्यविरुद्धको कसुर र संगठित अपराधमा मुद्दा दायर गरिएको छ । एकीकृत कसुरमा थप सजाय समेत हुनेछ । यो कसुरमा अदालतले थुनाबाहिर पठाउने आदेश गरे उनीहरुलाई सम्पत्ति सुद्धिकरण र भ्रष्टाचारको कसुरमा पक्राउ गरेर अनुसन्धान सुरु हुनेछ ।