FLASH NEWS

राष्ट्रपतिद्वारा रेशमलाई आममाफी दिने प्रस्ताव फिर्ता


नेपाल आवाज १२ जेष्ठ २०८०, शुक्रबार १७:५७ मा प्रकाशित १८१३ पाठक संख्या

काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेलले रेशम चौधरीको आममाफी सम्बन्धी प्रस्ताव फिर्ता गरेको छ । शुक्रबार राष्ट्रपति कार्यालयले रेशम चौधरीको आममाफी सम्बन्धी फाइल गृह मन्त्रालयमा फिर्ता गरेको हो ।


टिकापुर घटनामा दोषी ठहरिएका रेशम चौधरीलाई सरकारले आममाफी दिने प्रक्रिया अनुरुप बुधबार गृह मन्त्रालयमार्फत प्रस्ताव राष्ट्रपति कार्यलय पठाएको थियो । तर, कानुन नपुगेको देखिएकाले भन्दै गृह मन्त्रालयमा फाइल फिर्ता गरेको हो ।

रेशम चौधरीको आम माफीसम्बन्धी प्रचलित कानुन, सर्वोच्चको फैसला, सर्वोच्च अदालतद्वारा प्रतिपादित सिद्धान्त विपरीत नहुने गरी कानुन बमोजिम गर्न भनेर राष्ट्रपति कार्यालयले मन्त्रालयमा फाइल फिर्ता गरेको राष्ट्रपतिको सचिवालयले जनाएको छ ।

२०७२ भदौ भदौ ७ गते कैलालीको टीकापुर घटनामा अदालतमा दोषी ठहर भइ चौधरीले जन्मकैदको सजाय भुक्तान गरिरहेका छन् । चौधरीलाई जेष्ठ १५ गते गणतन्त्र दिवसको अवसरमा राष्ट्रपतिमार्फत सजाय माफी गराउने सरकारले तयारी गरेको थियो ।