FLASH NEWS

प्रधानमन्त्री प्रचण्ड र भारतीय राष्ट्रपति द्रौपदीबीच भेटवार्ता


नेपाल आवाज १८ जेष्ठ २०८०, बिहीबार १८:०३ मा प्रकाशित १३०३ पाठक संख्या

काठमाडौं – भारतको चारदिने औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भारतका राष्ट्रपति द्रौपदी मुर्मुसँग भेटवार्ता गरेका छन् ।


राष्ट्रपति कार्यालयमा भएको सो भेटमा द्विपक्षीय हितका विविध विषयमा विचारविमर्श भएको थियो । भेटमा नेपाली प्रतिनिधिमण्डलको सहभागिता रहेको थियो ।

यसअघि आजै प्रधानमन्त्री दाहाल प्रचण्डले हैदरावाद हाउसमा भारतीय समकक्षी नरेन्द्र मोदीसँग भेटवार्ता गरेका थिए। त्यसलगत्तै दुई देशका बीचमा विभिन्न सहमति तथा सम्झौतामा हस्ताक्षर भएको थियो ।

प्रधानमन्त्री दाहालको सम्मानमा भारतीय प्रधानमन्त्रीले हैदरावाद हाउसमै दिवा भोज आयोजना गरेका थिए । प्रधानमन्त्री प्रचण्डले आजै भारतीय उपराष्ट्रपति जगदीप धनखडसँग भेटवार्ता गरेका छन् ।