आज: | Tue, 19, Mar, 2024
FLASH NEWS

एमालेले प्रधानमन्त्रीले भारत भ्रमणमा दिएको अभिव्यक्तिप्रति संसदमा जवाफ माग गर्ने


नेपाल आवाज २० जेष्ठ २०८०, शनिबार २१:४९ मा प्रकाशित १५०१ पाठक संख्या

काठमाडौं – प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को भारत भ्रमणका क्रममा गैर जिम्मेवार र राष्ट्रहित विपरीत अभिव्यक्ति दिएकोप्रति संसदमा जवाफ माग गर्ने भएको छ ।

शनिबार बानेश्वरमा बसेको पार्टीको संसदीय दलको बैठकले प्रधानमन्त्रीलाई भारत भ्रमणका क्रममा गैर जिम्मेवारपूर्ण अभिव्यक्ति दिएकोप्रति संसदमा जवाफ माग गर्ने निर्णय गरेको हो ।

प्रधानमन्त्रीले पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भारत भ्रमणका क्रममा सञ्चारकर्मीहरूसँग फूलबारी बन्दरगाहसम्मको रुट माग्ने क्रममा सो बाटो उपलब्ध गराए कालापानी र लिपुलेक दिन सकिने भन्ने अभिव्यक्ति दिएका थिए । अहिले प्रधानमन्त्रीको सो अभिव्यक्तिको विरोध भइरहेको छ ।

पार्टीको संसदीय दलको बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै नेकपा एमालेका प्रमुख सचेतक पदम गिरीले प्रधानमन्त्रीले भरत भ्रमणका क्रममा देशहितका कुनै विषय उठान गर्न नसकेको बताए । उनले प्रधानमन्त्रीले भारत भ्रमणअघि संसदमा उठान गर्ने भनेका विषयहरू किन उठाउन नसकेको भन्ने प्रश्न गने बताए । उनले प्रधानमन्त्रीको भारत भ्रमण निराशाजनक भएको र भारत भ्रमण तीर्थाटन जस्तो भएको बताए । उनले प्रधानमन्त्रीको अभिव्यक्तिले देशको गरिमामा आँच भएको बताए ।

प्रमुख सचेतक गिरीले प्रमुख सचेतक गिरीले धरातलीय यथार्थलाई नबुझीकन बजेट ल्याइएको दाबी गरे । बजेट गन्तव्यहीन र प्रतिगमनतिर फर्काएर लैजाने किसिमको रहेको बताए । त्यस्तै उनले नागरिकता विधेयक प्रमाणीकरण गर्नु असंवैधानिक कदम भएको र राष्ट्रपतिलाई असंवैधानिक काम गर्न मन्त्रिपरिषद्ले बाध्य पारेको भन्दै राष्ट्रपतिले ख्याल नगरी संसद् छलेर नागरिकता विधेयक ल्याएकोप्रति विरोध गर्ने बताए ।