आज: | Tue, 19, Mar, 2024
FLASH NEWS

परराष्ट्रमन्त्री भन्छन्- नेपाललाई ‘अखण्ड भारत’को नक्साबारे जानकारी छैन


नेपाल आवाज २२ जेष्ठ २०८०, सोमबार ०८:५२ मा प्रकाशित १४५३ पाठक संख्या

काठमाडौं – परराष्ट्रमन्त्री एनपी साउदले भारतको नवनिर्मित संसद् भवनमा रहेको ‘अखण्ड भारत’को नक्साबारेमा नेपाललाई जानकारी नरहेको बताएका छन्।

शुक्रबार भारतीय सञ्चारमाध्यमलाई दिएको अन्तर्वार्ताका क्रममा उनले यस्तो बताएका हुन्।

आजतकसँग कुरा गर्दै उनले भनेका छन्, ‘यो मुराल नक्साको मामिला हामीलाई जानकारी नै छैन। थाहा नभएकाे विषय नेपालले उठाउन जरुरी छैन।’

मन्त्री साउदले नक्साबारेमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग कुनै छलफल नभएकाे पनि बताएका छन्।

उनले मुराल नक्सा सिमानाको विषय नभएको भन्दै यस विषयमा छलफल नभएकाे पनि बताए। नक्सा भारतवर्षको भएको पनि उनको टिप्पणी छ।

यद्यपि उनले अखण्ड भारतको तस्बिर फेसबुकमा देखेको भने स्विकार गरेका छन्।

मन्त्री साउदले आजतकलाई करिब २२ मिनेट अन्तर्वार्ता दिएका थिए।

उनले नक्साको बारेमा जानकारी नभएकाे अन्तर्वार्ता दिएसँगै सामाजिक सञ्जालमा उनकाे व्यापक आलोचना भइरहेकाे छ।