FLASH NEWS

नक्कली भुटानी शरणार्थी प्रकरण : अभियुक्तको तर्फबाट आज पनि बहस हुने


नेपाल आवाज २५ जेष्ठ २०८०, बिहीबार ०९:४६ मा प्रकाशित १६३३ पाठक संख्या

काठमाडौं – नक्कली भुटानी शरणार्थी प्रकरणका अभियुक्तको तर्फबाट आज पनि बहस हुनेछ । आज अभियुक्त सानु भण्डारीका तर्फबाट पूर्वमहान्यायाधिवक्ता तथा वरिष्ठ अधिवक्ता रमण श्रेष्ठले बहस गर्नेछन् ।


बुधबार केशव दुलाल, सानु भण्डारी र टंक गुरुङको पक्षबाट कानुन व्यवसायीहरुले बहस गरेका थिए । काठमाडौं जिल्ला अदालतका न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासमा बुधबारदेखि अभियुक्तहरूको तर्फबाट कानुन व्यवसायीले बहस सुरु गरेका हुन् ।

अभियुक्तमध्येका केशव दुलालका तर्फबाट अधिवक्ता विकास भट्टराईले बहस सुरु गरेका थिए । भट्टराईपछि दुलालको पक्षमा अधिवक्ताहरू विकास थापा, राजन भट्टराई, नरेन्द्र योगी र वरिष्ठ अधिवक्ता विश्वास आचार्यले बहस गरेका थिए ।

अर्का अभियतुक्त सानु भण्डारी र टंक गुरुङको तर्फबाट संयुक्त रूपमा अधिवक्ताहरू विनोद शर्मा, चुडामणि पोख्रेल, शिवप्रसाद रिजाल, साधुराम सापोटा, शरदप्रसाद कोइराला, षडानन्द कँडेल र नीरसिंह कुमार खत्रीले बहस गरेका थिए ।