FLASH NEWS

प्रचण्ड र बाबुरामविरुद्ध सर्वोच्चमा रिट दर्ता (पूर्णपाठसहित)


नेपाल आवाज २८ जेष्ठ २०८०, आईतवार १५:१७ मा प्रकाशित १३७५ पाठक संख्या

काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेता डा. बाबुराम भट्टराईलाई कारबाही गर्न माग गर्दै परेको रिट सर्वोच्च अदालतमा दर्ता भएको छ ।


सशस्त्र युद्धका बालसेना लेनिन विष्टसहित नौ जनाले  दायर गरेको रिट आइतवार सर्वोच्चले दर्ता गरेको हो । रिटमा दुबै नेतालाई युद्ध अपराधमा मुद्दा दर्ता गरी कारबाही अघिबढाउन माग गरिएको छ ।

यसक्रममा प्रचण्डको प्रधानमन्त्रीको पदीय हैसियत निलम्बनमा राख्नुपर्ने समेत उनको माग छ । आफूहरुलाई अयोग्य लडाकू भनेर अपमान नगर्न पनिआदेश दिनुपर्ने रिट निवेदकको माग छ ।

उक्त रिटमाथि ३० जेठमा सुनुवाइको मिति तोकिएको छ । आफू जस्ता अबोधना बालकलाई तत्कालीन माओवादीले बालसेनाको रुपमा प्रयोग गरी जबर्जस्ती अयोग्य लडाकू भनेर शिविरबाट निकालेर युद्ध अपराध गरेको उनको दाबी छ । निवेदकहरुले आफूहरुलाई प्रचण्ड र बाबुरामले ढाँटेर युद्धमा होमेर भविष्य बरबाद गरेको आरोप पनि लगाएका छन्।

यसअघि विष्टको रिट सर्वोच्च प्रशासनले संक्रमणकालीन न्याय अनुरुप निरुपण हुने भन्दै दरपीठ गरिदिएको थियो । दरपीठविरुद्ध विष्टले दिएको निवेदनमा सुनुवाइ गर्दै न्यायाधीश आनन्दमोहन भट्टराईको एकल इजलासले गत शुक्रबार रिट दर्ता गर्न आदेश दिएको छ ।