FLASH NEWS

प्रधानमन्त्री प्रचण्ड पत्नीसहित नर्भिक अस्पतालमा


नेपाल आवाज २९ जेष्ठ २०८०, सोमबार १७:१० मा प्रकाशित १६०३ पाठक संख्या

काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ स्वास्थ्य परीक्षणका लागि पत्नी सीता दाहालसहित नर्भिक अस्पताल पुगेका छन्।


उनीहरू नियमित स्वास्थ्य परीक्षणका लागि नर्भिक आएको अस्पताल स्रोतले जानकारी दिएको छ। स्रोतका अनुसार प्रधानमन्त्री प्रचण्डले कार्डियो परीक्षण गरेका छन्।

त्यस्तै जटिल रोग ‘प्रोग्रेसिभ सुपरान्युक्लियर पाल्सी (पी.एस.पी.)’ बाट ग्रसित प्रधानमन्त्री पत्नी सीता दाहालको नियमित परीक्षण भएको हो।

लामो समय मेडिसिटी अस्पताल र सुमेर अस्पतालमा उपचार भएकोमा पछिल्लो समय सीताको घरमै उपचार हुँदै आएको थियो । तर, आज सीतालाई फलोअप उपचारका लागि नर्भिकमा ल्याइएको अस्पताल स्रोतले जनाएको छ।

चिकित्सकका अनुसार पूर्णरुपमा निको नहुने र रोकथाम मात्र गर्न सकिने रोग हो । यो रोग निकै कम मानिसमा देखिने गर्दछ । यसले मानिसको सन्तुलन, हिँडडुल गर्न, बोल्न कठिनाइ हुने गर्छ । यसकै कारण मस्तिष्कको कोषिकामा पनि असर पुग्ने चिकित्सक बताउँछन् । ६० वर्ष उमेर पार गरेका मानिसहरुमा यो समस्या बढी देखिने गर्छ ।