FLASH NEWS

कांग्रेस सभापति देउवा सिंगापुर जाँदै


नेपाल आवाज ३० जेष्ठ २०८०, मंगलवार १०:४६ मा प्रकाशित १२९१ पाठक संख्या

काठमाडौं –नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा एक साताका लागि सिंगापुर जाँदैछन् ।


नियमित स्वास्थ्य परीक्षणका लागि पुर्वप्रधानमन्त्री देउवा सिंगापुर जान लागेका हुन् । उनी राति ११ बजे सिंगापुरका प्रस्थान गर्नेछन् ।

पूर्व प्रधानमन्त्रीको देउवाको साथमा उनकी पत्नी आरजू राणा देउवा पनि साथमा रहने छिन् । पेटसम्बन्धी समस्या कारण देउवाले लामो समयदेखि सिंगापुरमा उपचार गर्दै आइरहेका छन् ।

यसपटकको भ्रमण उनको स्वास्थ्य फलोअपका लागि भएको उनको सचिवालयले जनाएको छ ।