FLASH NEWS

प्रधानमन्त्री प्रचण्ड र बाबुरामविरुद्धको मुद्दामा सर्वोच्चको कारण देखाऊ आदेश


नेपाल आवाज ३० जेष्ठ २०८०, मंगलवार १८:२४ मा प्रकाशित १२१९ पाठक संख्या

काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईविरुद्ध परेको मुद्दामा सर्वोच्च अदालतले कारण देखाऊ आदेश जारी गरेको छ।


न्यायाधीश सपना प्रधान मल्लको एकल इजलासले विपक्षीका नाममा कारण देखाऊ आदेश जारी गरेको हो। उक्त मुद्दालाई अग्राधिकारसमेत दिइएको छ।

जनयुद्धको समयमा बाल सैनिक प्रयोग गरिएकाले उच्च नेतृत्वलाई कारबाही हुनुपर्ने मागसहित पूर्व बाल सैनिक लेनिन विष्टसहित ९ जनाले सर्वोच्चमा रिट दर्ता गराएका थिए ।

नौ जना पूर्वबाल सैनिकहरुले हाल प्रधानमन्त्रीसमेत रहेका दाहाल र माओवादी छाडेका भट्टराईले आफूहरुलाई अनाहकमा युद्धमा लगाएको दाबी गर्दै कारबाहीको माग गरेका थिए।

तत्कालीन नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल सहितका नेतृत्वमाथि बाल सैनिकको प्रयोगसम्बन्धी रिट दर्ता गर्न सर्वोच्च अदालतले शुक्रवार सर्वोच्च अदालत प्रशासनको नाममा आदेश दिएको थियो ।

माओवादी युद्धमा प्रयोग भएको बाल सैनिक अन्तर्राष्ट्रिय मानवीय कानुन विपरीतको कार्य भएको तत्कालीन नेतृत्वलाई कारबाही गर्न माग गर्दै पूर्व बाल सैनिक लेनिन विष्टसहित ९ जनाले रिट लिएर सर्वोच्च पुगेका थिए ।