FLASH NEWS

साढे ५४ लाख बराबरको सुनसहित एक जना पक्राउ


नेपाल आवाज ३१ जेष्ठ २०८०, बुधबार १२:४४ मा प्रकाशित १४८९ पाठक संख्या

हेटौंडा – मकवानपुरमा साढे ५४ लाख बराबरको सुनसहित एक जना पक्राउ परेका छन‍्।


जिल्ला प्रहरी कार्यालय मकवनापुरले ५६१.३० ग्राम सुनसहित एक जनालाई पक्राउ गरेको डिएसपी टेकबहादुर कार्कीले‍ जानकारी दिए।

वीरगंज महानगरपालिका वडा नं. १६ बस्ने २२ वर्षीय किशन साहलाई प्रहरीले पक्राउ गरेको हो। उनलाई प्रहरीले बुधबार बिहान साढे ३ बजे हेटौंडा उपमहानगरपालिका-१५ रातोमाटेबाट पक्राउ गरेको हो

उनी काठमाडौंतर्फ आउँदै गरेको प्रदेश २-०३-००१ ख ०१५९ नम्बरको बसमा सवार थिए। त्यसमा सवार साहमाथि प्रहरीले चेक गरेको थियो। उनले जुत्ताको नोकभित्र सुन राखेका थिए।

उक्त सुन ५६१.३० ग्राम रहेको डिएसपी कार्कीले बताए। उक्त सुन ५४ लाख ४८ हजार ५४२ बराबरको रहेको उनले बताए।

उनीमाथि प्रहरीले थप अनुसन्धान अघि बढाएको छ।