FLASH NEWS

डा. बैकुण्ठ अर्याल मुख्यसचिव नियुक्त


नेपाल आवाज ३२ जेष्ठ २०८०, बिहीबार १०:४६ मा प्रकाशित १५१९ पाठक संख्या

काठमाडौं – सरकारले डा. बैकुण्ठ अर्याललाई मुख्यसचिव नियुक्त गरेको छ । आज बिहीबार बिहान बसेको मन्त्रिपरिषदको आकस्मिक बैठकले वर्तमान मुख्यसचिव शंकरदास वैरागीको राजीनामा स्वीकृत गर्दै वरिष्ठताका आधारमा डा. बैकुण्ठ अर्याल नयाँ मुख्यसचिव नियुक्त गर्ने निर्णय गरेको हो ।


आगामी असोजमा कार्यकाल सकिन लागेका वैरागीले कार्यकाल सकिनुअघि नै राजीनामा दिएका हुन् । राजीनामा स्वीकृत गरेर सरकारले वैरागीलाई नयाँ जिम्मेवारी प्रदान गरेको छ ।

बैरागीलाई राष्ट्रिय सुरक्षा परिषद्को सल्लाहकार पदमा नियुक्त गरिएको परराष्ट्र मन्त्री एनपी साउदले जानकारी दिए ।

२ असारमा सचिवको पाँच वर्षे कार्यकालबाट अवकाश पाउन लागेका अर्याल हाल प्रधानमन्त्री कार्यालयमा सचिव छन् ।