FLASH NEWS

प्रचण्डसँगकाे भेटपछि बाबुरामले भने-समाजवादी मोर्चाबारे बाहिरका हल्लामा नबगौं


नेपाल आवाज १ असार २०८०, शुक्रबार १२:५९ मा प्रकाशित १३३३ पाठक संख्या

काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईबीच भेटवार्ता भएको छ ।


समाजवादी मोर्चा घोषणा गर्ने तयारीमा रहेका प्रधानमन्त्री प्रचण्ड र नेता भट्टराईबीच शुक्रबार बिहान बालुवाटारमा भेटवार्ता भएको हो ।

भट्टराई आफूलाई उपेक्षा गरेको भन्दै गोरखा पुगेर संगठन विस्तारमा लागेका थिए । तर, शुक्रबार बिहान बालुवाटार पुगेर उनले प्रचण्डसँग भेट गरेका हुन् ।

भेटमा प्रधानमन्त्रीको भारत भ्रमण, संघीय बजेट, टिआरसीलगायतका शान्तिप्रक्रियाका बाँकी कार्यभार, प्रस्तावित समाजवादी मोर्चालगायतका विषयमा छलफल भएको भट्टराईले बताएका छन् ।

डा. भट्टराईका अनुसार दुई नेताबीच देशमा हालसम्म प्राप्त संघीय लोकतान्त्रिक गणतन्त्रलगायतका उपलब्धिहरूको रक्षा गर्दै समाजलाई निरन्तर अग्रगमनको दिशामा लैजानका लागि बृहत् समाजवादी मोर्चा निर्माण गर्न विचार, नीति, कार्यक्रम, संगठनात्मक विधिलगायतका विषयमा सबै पक्षबीच गम्भीर छलफल गर्दै अघि बढ्ने समझदारी भएको छ।

उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘देशमा हालसम्म प्राप्त संघीय लोकतान्त्रिक गणतन्त्रलगायतका उपलब्धिहरूको रक्षा गर्दै समाजलाई निरन्तर अग्रगमनको दिशामा लैजानका लागि बृहत् समाजवादी मोर्चा निर्माण गर्न विचार, नीति, कार्यक्रम, संगठनात्मक विधिलगायतका विषयमा सम्भव सबै पक्षबीच गम्भीर छलफल गर्दै अघि बढ्ने समझदारी ! बाहिर चलेका हल्लामा नबग्न सबैसँग आग्रह ।। बाहिर चलेका हल्लामा नबग्न सबैसँग आग्रह !’

समाजवादी मोर्चा माओवादी केन्द्र, एकीकृत समाजवादी, जसपा, विप्लव नेतृत्वको नेकपा सहभागी हुने पक्का छ । यसमा डा. बाबुराम भट्टराई नेतृत्वको नेसपालाई पनि समेट्नेबारे छलफल भइरहेको छ ।