FLASH NEWS

नक्कली शरणार्थी प्रकरणमा जवाफी बहस सकियो, आदेश आउन बाँकी


नेपाल आवाज १ असार २०८०, शुक्रबार १३:५८ मा प्रकाशित १५९७ पाठक संख्या

काठमाडौं – नक्कली भुटानी शरणार्थी प्रकरणमा सरकारी वकिलबाट जवाफी बहस सकिएको छ। बिहीबार अभियुक्ततर्फका वकिलको बहस सकिएपछि शुक्रबार सरकारी वकिल र जाहेरीवालातर्फको वकिलले जवाफी बहस गरेका हुन् ।


सरकारी वकिल कार्यालयका तर्फबाट अच्युत न्यौपाने, दिनेश भट्टराई, निर्मला मरासिनी, महेश खत्री, र लक्ष्मण घिमिरेले जवाफी बहस गरेका छन् । उनीहरूले अभियुक्ततर्फका वकिलले उठाएइका कानुनी प्रश्नको जवाफ दिएका छन् ।

सरकारी वकिलपछि जाहेरीवालातर्फका वकिलले जवाफी बहस गर्दै आफ्नो पक्षको जाहेरी कानुनसम्मत भएको र प्रमाण पु¥याउने भार सरकारी पक्षको भएको भन्दै अभियुक्तलाई उन्मुक्ति नदिन आग्रह गरेका छन् ।

अदालतले आजै थुनछेक आदेश दिने तयारी गरेको छ । न्यायाधीशले प्रतिवादीहरूलाई पुर्पक्षका लागि थुनामा पठाउने, धरौटीमा छाड्ने वा रिहा गर्ने आदेश गर्नेछन् ।

नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाइ अमेरिका पठाइदिने भन्दै ठगी कार्यमा संलग्न रहेको अभियोगमा पूर्वगृहमन्त्री समेत रहेका नेपाली कांग्रेसका नेता बालकृष्ण खाँण, पूर्वउपप्रधानमन्त्री एवम् नेकपा एमाले नेता टोपबहादुर रायमाझी र उनका छोरा सन्दीप,सचिव टेकनारायण पाण्डे, पूर्वगृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार डा. ईन्द्रजीत राईलगायत १८ जना प्रहरी हिरासतमा छन् ।