FLASH NEWS

गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणको लागि ५ करोड विनियोजन


नेपाल आवाज १ असार २०८०, शुक्रबार १६:३१ मा प्रकाशित २२४५ पाठक संख्या

हेटौँडा – बागमती प्रदेश सरकारले चितवनमा अलपत्र अवस्थामा रहेको गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणको लागि ५ करोड रकम विनियोजन गरेको छ ।


धुर्मुस–सुन्तली फाउण्डेसनले निर्माण गरेर हाल स्थगित रहेको रंगशाला निर्माणको लागि बागमती प्रदेश सरकारले ५ करोड रुपैँया बजेट विनियोजन गरेको हो ।

प्रदेशसभामा आज भएको बजेट भाषण मार्फत बागमती प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री बहादुरसिंह लामाले आगामी आर्थिक वर्षमा प्रदेश सरकारले रंगशाला निर्माणको लागि ५ करोड विनियोजन गरेको जनाएका हुन् ।

उनका अनुसार आवश्यक खेलकुद प्रतियोगिता संचालन र खेलाडीका लागि आवश्यक बजेट समेत विनियोजन गरिएको छ ।

धुर्मुस सुन्तली फाउण्डेशनले निर्माण सुरु गरेको गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला आर्थिक अभावका कारण २ वर्षदेखि अलपत्र परेको छ । सरकारले रंगशाला निर्माणको क्रममा लागेको ऋण चुक्ता गरेर आफ्नो स्वामित्वमा लिने निर्णय गरेको थियो । यस रंगशालाका लागि केही दिन पहिले संघीय सरकारले भने मात्रै एक लाख रुपैयाँ विनियोजन गरेको छ ।

यद्यपी प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भने यस रंगशाला निर्माणका लागि भारत सरकारसँग अनुरोध गरिएको जानकारी दिएका थिए ।