FLASH NEWS

प्रधानन्यायाधीशमा हरिकृष्ण कार्की नियुक्त, आजै सपथ ग्रहण


नेपाल आवाज १ असार २०८०, शुक्रबार १६:४७ मा प्रकाशित १४३५ पाठक संख्या

काठमाडौं – सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा हरिकृष्ण कार्की नियुक्त भएका छन्। संसदीय सुनवाइ सम्पन्न भई संवैधानिक परिषद्को सिफारिस अनुमोदन भएको पत्र पुगेपछि राष्ट्रपति रामचन्द्र पौडेलले उनलाई प्रधानन्यायाधीश नियुक्त गरेका हुन्।


प्रधानन्यायाधीश कार्कीले शुक्रबार ५ बजेर १५ मिनेटमा सपथ ग्रहण गर्ने भएका छन्। उनको सपथ ग्रहण राष्ट्रपति कार्यालयमा हुनेछ।

प्रधानन्यायाधीशको सपथ ग्रहणपछि कार्कीले शुक्रबार नै सर्वोच्च अदालतमा पदभार ग्रहण गर्नेछन्।

संसदीय सुनुवाइ समितिले कार्कीलाई शुक्रबार नै सर्वसम्मत रुपमा प्रधानन्यायाधीशमा अनुमोदन गरेको थियो। ८ महिना कायम मुकाय प्रधानन्यायाधीश भएका कार्की आगामी साउन २० गते सेवा मुक्त हुनेछन्।