FLASH NEWS

महिला प्रहरीमाथि यौन दुर्व्यवहारको आरोप लागेका एसएसपी पाल निलम्बित


नेपाल आवाज १ असार २०८०, शुक्रबार १७:१० मा प्रकाशित १४८३ पाठक संख्या

काठमाडौं – महिला प्रहरीमाथि यौन दुर्व्यवहारको आरोप लागेका  प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) योगबहादुर पाललाई गृह मन्त्रालयले निलम्बन गरेको छ।


प्रहरी प्रधान कार्यालयका केन्द्रीय प्रवक्ता प्रहरी नायब महानिरीक्षक (डिआइजी) कुबेर कडायतले एसएसपी पाललाई ६ महिना निलम्बन गरिएको गृहको पत्र प्रहरी प्रधान कार्यालय आइपुगेको बताए।

एसएसपी पाल सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयमा कार्यरत छन् । उनलाई निलम्बन गरिएको पत्र प्रहरी प्रधान कार्यालयबाट सम्बन्धित प्रदेश प्रहरी कार्यालयमा पठाइने डिआइजी कडायतले जानकारी दिए।

उनीविरूद्धको यौन दुर्व्यवहारको आरोपबारे अनुसन्धान गर्न पाललाई प्रहरी प्रधान कार्यालय बोलाइएको पनि डीआइजी कडायतले जानकारी दिए।

पालले  जेठ १९ गते शुक्रबार आफूलाई दुर्व्यवहार गरेको भन्दै महिला सहायक हवलदारले उनीविरूद्द उजुरी दिएकी थिइन्।