FLASH NEWS

नेपालमा पनि भेटियो मंकीपक्स भाइरस, कसरी सर्छ?


नेपाल आवाज १ असार २०८०, शुक्रबार १९:३६ मा प्रकाशित १९६३ पाठक संख्या

काठमाडौं – नेपालमा सरुवा रोग एमपक्सका संक्रमित भेटिएको पुष्टि भएको छ। नेपालमा रहेकी ६० वर्षीया विदेशी नागरिकमा एमपक्स संक्रमण भएको पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो।


एमपक्स संक्रमित ती महिलाको स्वास्थ्य अवस्था सामान्य रहेको मन्त्रालयले जानकारी दिएको छ। मन्त्रालयका प्रवक्ता डा समीरकुमार अधिकारीका अनुसार उनी चिकित्सकको निगरानीमा छिन्।

एमपक्सका विषयमा थप खोज अनुसन्धान तथा उपचारको कार्य जारी रहेको मन्त्रालयले जानकारी दिएको छ। नेपालमा पहिलो पटक एमपक्स पुष्टि भएको हो।

मंकीपक्स’ का सुरुवाती लक्षण भनेको जिउ एकदमै दुख्ने, टाउको दुख्ने र बिस्तारै लिम्फ ग्रन्थीहरू सुन्निँदै जाने र ठेउला शरीरभर पानी फोकाजस्तो बिबिराहरू आउने सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुनले बताए।

संक्रमण भएको ५ देखि २१ दिनसम्ममा ‘मंकीपक्स’को लक्षणहरू देखिने उनले बताए।

सुरुको अवस्थामा ज्वरो आउनु, टाउको र जिउ दुख्नु अन्य रोगहरूसँग मिल्दोजुल्दो लक्षण देखिने गर्दछ र लिम्फ ग्रन्थीहरू सुन्निनु यसका प्रारम्भिक लक्षणहरू भएको डा. पुनले बताए।

उनका अनुसार शरीरभर बिबिरा आउन र विस्तारै फुटेर पाप्राजस्तो भएर जान्छ, त्यसैले ‘मंकीपक्स’ र ठेउलाको लक्षणहरू उस्तै भएकाले यी दुई रोगबीच झुक्किने हुन्छ।

मंकीपक्स’ सामान्यतय २ देखि ४ हप्तामा आफैँ निको हुने गर्दछ।

निमोनिया, एनकेफलाइटिस, अन्धोपन यसका जटिलताहरूअन्तर्गत पर्दछन्। ‘मंकीपक्स’ कम संक्रमण भए पनि १० जना बिरामीमध्ये १ जनाको मृत्यु हुने गरेको बताए।