FLASH NEWS

माधव नेपाललाई राजेन्द्र पाण्डेको चुनौती : तपाईं बजेटको समर्थन गर्नुस्, हामी गर्दैनौँ


नेपाल आवाज ३ असार २०८०, आईतवार १९:३० मा प्रकाशित १४७१ पाठक संख्या

काठमाडौं –  नेकपा (एकीकृत समाजवादी) का उपाध्यक्ष राजेन्द्रप्रसाद पाण्डेले यथास्थितिमा बजेट पारित गर्न नदिने चेतावनी दिएका छन् ।


आज गाउँपालिका राष्ट्रिय महासङ्घले बजेटको बारेमा गरेको छलफलमा उपाध्यक्ष पाण्डेले बजेट यथास्थितिमा पारित गर्ने भए आफ्नो पार्टी र सांसदहरूले त्यसमा समर्थन गर्न नसक्ने बताए ।

उनले पार्टी अध्यक्ष माधवकुमार नेपाललाई बजेट यथास्थितिमा पारित गर्न नदिने भनिसकेको भन्दै अहिलेकै अवस्थामा बजेटमा आफ्नो समर्थन नरहने बताए । उनले सांसद र मन्त्रीहरूले आफूलाई अस्थायी ठान्दा विकास निर्माणमा समस्या भइरहेको बताए ।

उनले भने, ‘हामी सबै सांसद र मन्त्रीहरूले आफूलाई अस्थायी ठान्यौँ । बरु गाउँपालिका, नगरपालिकामा जित्ने साथीले पाँच वर्षका लागि केही हुँदैन भनेर ढुक्क हुनुहुन्छ तर मन्त्रीहरूले आफूलाई अस्थायी ठान्यौँ । हामीले जसमात्रै खोज्यौँ । राष्ट्रिय गौरवका महत्त्वपूर्ण आयोजनालाई के गर्नुपर्छ भन्नेमा हाम्रो विचार भएन । यही अवस्थामा यो बजेट पास हुँदैन । मैले आफ्नो पार्टीको अध्यक्ष माधवकुमार नेपाललाई पनि सँगै लगेर भनेको छु, भोट हाले तपाईँ एक्लै हाल्नुस्, हामी हाल्दैनौँ भनेको छु ।’

उनले सांसद र मन्त्रीहरुले आफूलाई अस्थायी ठान्दा विकास निर्माणमा समस्या भइरहेको बताए। उनले भने, ‘हामी सबै सांसद र मन्त्रीहरुले आफूलाई अस्थायी ठान्यौँ। बरु गाउँपालिका, नगरपालिकामा जित्ने साथीले ५ वर्षको लागि केही हुँदैन भनेर ढुक्क हुनुहुन्छ तर मन्त्रीहरु सबैले आफूलाई अस्थायी ठान्यौँ। हामीले जस मात्रै खोज्यौँ। राष्ट्रिय गौरवका महत्वपूर्ण आयोजनालाई के गर्नुपर्छ भन्नेमा हाम्रो विचार भएन।’

उपाध्यक्ष पाण्डेले केन्द्र सरकार राष्ट्रिय गौरवका आयोजनामा केन्द्रित भएको भए बजेटमा यस किसिमका समस्या नै नआउने दाबी गरे।