FLASH NEWS

पूर्वी नेपालमा बाढी–पहिरोको वितण्डा : ४ जनाको मृत्यु, २८ जना अझै बेपत्ता


नेपाल आवाज ३ असार २०८०, आईतवार १९:४३ मा प्रकाशित २१७३ पाठक संख्या

काठमाडौं – लगातारको वर्षापछि आएको बाढी, पहिरोलगायत विपद्जन्य घटनाले पूर्वी नेपालका विभिन्न जिल्ला प्रभावित भएको छ। त्यस क्षेत्रमा ठूलो मानवीय क्षति हुने गरी विपद्जन्य घटना भएको कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ।


कोशी प्रदेशमा चार जनाको मृत्यु भएको २८ जना बेपत्ता भएका छन्। पछिल्लो विवरण अनुसार पहिरोमा परी ताप्लेजुङमा दुई जना र बाढीले बगाएर संखुवासभा र भोजपुरमा दुई जनाको मृत्यु भएको हो ।

बाढी र पहिरोमा परी २८ जना अझै बेपत्ता छन् । प्रहरीका अनुसार तीन जना महिला र २५ जना बेपत्ता भएका हुन् । बेपत्ता मध्ये सबैभन्दा धेरै संखुवासभामा १८ जना छन्।

पाँचथरमा ५, ताप्लेजुङमा ३, भोजपुरमा २ जना बेत्तपा भएका बेपत्ताहरुको खोजी कार्य भइरहेको प्रदेश प्रहरीले जानाएको छ । प्रदेश प्रहरीका अनुसार पाँचथरमा १२ वटा पुलमा क्षति पुगेको छ। मेची राजमार्ग अवरुद्ध भएको छ । बाढी र पहिरोले २२ वटा घर भत्काएको छ ।

संखुवासभाको चैनपुर नगरपालिका ४ मा हेवा खोलामा निर्माणधिन सुपर हेँवा हाइड्रोमा बाढी पस्दा हाइड्रोका १८ जना कामदार बेपत्ता भएका छन्। तीन जना घाइते कामदारको उद्दार भएको थियो। अन्य कामदार अझै बेपत्ता छन्।

बेपत्ताको खोजी कार्यका लागि जिल्लामा प्रहरी टोली परिचालन भएको कोशी प्रदेश प्रहरी कार्यालयले जानकारी दिएको छ।