काठमाडौं – आइसीसी एकदिवसीय विश्वकप छनोट अन्तर्गत पहिलो खेलमा नेपाल घरेलु टोली जिम्बावेसँग पराजित भएको छ । आइतबार भएको खेलमा नेपाल जिम्बावेसँग ८ विकेटले पराजित भएको हो ।
नेपाली ब्याटरले राम्रो प्रदर्शन गर्दै जिम्बावेलाई २९१ रनको विशाल लक्ष्य दिए पनि नेपाली बलरहरु नचल्दा नेपालले हार बेहोरेको हो । २९१ को लक्ष्य जिम्बावेले ४४ ओभर एक वलमा २ विकेट गुमाउँदै पूरा गर्यो ।
जिम्बावेलाई जित दिलाउन क्रेग एर्विन र सेन विलियम्स दुवैले शतकीय पारी खेले । वेस्ली मधेभरे ३२ तथा जोयलर्ड गम्बी २५ रनमा आउट भए ।
हरारेमा टस जितेर पहिला ब्याटिङ्ग गरेको नेपालले ५० ओभरमा ८ विकेट गुमाउँदै एक दिवसीय क्रिकेटमा आफ्नोफ तेस्रो ठूलो योगफल २९० रन बनाएको थियो ।
जिम्बावेविरुद्ध ओपनरद्वय कुशल भुर्तेल र आसिफ शेखले १७१ रनको कीर्तिमानी साझेदारी गरे । कुशल एकदिवसीय अन्तर्राष्ट्रियमा दोस्रो शतक बनाउन १ रनले चुके । जिम्बावेका वेलिङटन मसाकान्डाले कुशललाई ९९ रनमा बोल्ड गरे । ९५ बल खेलेका उनले १३ चौका र २ छक्का प्रहार गरे ।
अर्का ओपनर आसिफ शेख १०० बलमा ७ चौका सहित ६६ रनमा वसलिङटोन म्याजाकाजाको बलमा रायन बर्लको हातबाट क्याच आउट भए ।
तेस्रो विकेटका लागि कुशल मल्ल र रोहित पौडेलले ६७ रनको साझेदारी गरे । कुशल मल्ल ४१ तथा रोहितकुमार पौडेल ३१ रनमा आउट भए ।
गुल्सन झा १३ रन, आसिफ शेख १० तथा दीपेन्द्र सिंह ऐरी ६ रनमा आउट भए भने भीम सार्कीले खाता नै खोल्न सकेनन् । करण केसी २ तथा सोमपाल कामी खाता नै नखोली नटआउट रहे ।