FLASH NEWS

बालेनको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै ‘शिक्षा सल्लाहकार’ अर्यालले दिइन् राजीनामा


नेपाल आवाज ६ असार २०८०, बुधबार १४:१७ मा प्रकाशित २४६७ पाठक संख्या

काठमाडौं – काठमाडौं महानगरपालिकाका शिक्षा सल्लाहकार रेशु अर्यालले राजीनामा दिएकी छन्।


गत भदौमा महानगरको शिक्षा सल्लाहकार नियुक्त भएका अर्यालले पछिल्लो समय मेयर बालेन साहको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै राजनीनामा दिएका हुन् ।

उनले सामाजिक सञ्जालमार्फत वक्तव्य जारी गर्दै पछिल्ला घटनाक्रममा महानगरका मेयर साहले लिएका निर्णय आफ्नो मुल्यमान्यता विपरीत भएको र ती निर्णय आफ्नो घर परिवारसँग पनि जोडिएकाले स्वार्थको द्वन्द्व उत्पन्न भएकाले राजीनामा दिएको घोषणा गरेकी हुन्।

उनले बालेनलाई एक मतदाता र नागरिकका रुपमा सुझाव दिँदै रचनात्मक आलोचना, लगनशीलता र नियम पालनाको बाटो अंगिकार गर्न पनि अनुरोध गरेकी छन्। उनले आगामी दिनमा शिक्षा क्षेत्रमा राम्रो काम गर्न बालेनलाई शुभकामना समेत दिएकी छन्।

महानगरको शिक्षा सल्लाहकार रहँदा आफूले सकेको काम गरेको भन्दै उनले सार्वजनिक शिक्षाकै क्षेत्रमा आफूले काम गर्ने बताएकी छन्।