FLASH NEWS

सन्दीप लामिछानेविरुद्धको मुद्दामा आज सुनवाई हुँदै


नेपाल आवाज ११ असार २०८०, सोमबार १२:३४ मा प्रकाशित १३३३ पाठक संख्या

काठमाडाैं-  क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दामा आज सुनवाई हुँदैछ । पीडित पक्षले माग गरे बमोजिम क्षतिपुर्ति दिन मिल्ने कि नमिल्ने भन्ने बारेमा आज जिल्ला अदालत काठमाडाैंमा हुने सुनवाईले टुंगो लगाउने छ ।


लामिछानेसँग पीडित पक्षले यस अघि माग गरेको १० लाखको क्षतिपुर्तिकाे मागलाई अदालतले खारेज गरे पनि पीडित राहत कोषमार्फत् सर्वोच्चले क्षतिपूर्तिको विषय सम्बोधन गर्नुपर्ने जनाई दिएपछि आज सुनवाई हुन लागेको हो ।

ततपश्चात ३६ लाख रुपैयाँ क्षतिपुर्तिको माग गरेपछि अदालतले पीडितले उपचार गरेकाे अस्पतालसँग उपचार खर्चको विवरण माग गरेको छ । सो विवरणसहित जिल्ला अदालत काठमाडौंले क्षतिपुर्ति सम्बन्धी निर्णयमा आदेश दिन सक्ने जनाईएको छ ।

तर, सो मुद्धाको फाइनल पेशी भने अझै तोकिएको छैन । लामिछाने जिम्बाबेमा रहेका कारण अब उनी फर्केपछि मात्रै अदालतले अन्तिम सुनवाईका लागि पेशी तोक्ने सम्भावना रहेको जनाईएको छ ।