FLASH NEWS

बागी उठेर ५ हजार मत ल्याएकी खुश्बु ओली राप्रपामै फकिईन्


नेपाल आवाज ११ असार २०८०, सोमबार १९:०१ मा प्रकाशित १६०३ पाठक संख्या

काठमाडौं – प्रतिनिधि सभा निर्वाचनमा राप्रपाबाट टिकट नपाएपछि स्वतन्त्र उम्मेदवार बनेकी खुश्बु ओलीले चुनावको ८ महिनापछि पार्टीमै फर्किएको घोषणा गरेकी छन् ।


सांसद बन्ने लक्ष्यसहित राप्रपामा आबद्ध बनेकी ओलीले झापा ४ मा टिकट दाबी गरेकी थिइन् । तर एमालेसँगको तालमेलमा सो क्षेत्र राप्रपाले नपाएपछि उनी स्वतन्त्र उम्मेदवार बनेर ५ हजार १० मत पाएकी थिइन् । सो क्षेत्रबाट एमालेका एलपी साँवा लिम्बु विजयी भएका थिए ।

ओलीले सोमबार वक्तव्य जारी गर्दै नेपाली राजनितिमा महिलाको न्युन उपस्थिति र युवा र महिलामा राजनितिक जागरुकता र अवसरको अभाव भएकोले महिला र युवाको हक अधिकारको लागि आफ्नो विद्रोह रहेको बताइएकी छिन् ।

राप्रपाले आफ्नो विद्रोहलाई पार्टीसँगको विद्रोह नभई यो महिला र युवामाथि यस देशमा चली आएको राजनितिक थिचोमिचो र भेदभाव विरुद्धको विद्रोह सम्झी पार्टिमा पुनः थप र महत्त्वपूर्ण जिम्मेवारीका साथ निरन्तरता दिन आग्रह गर्नुले राप्रपा वास्तवमै नवीन राप्रपाको अवधारणालाई आत्मसाथ गरेको महसुस भएको बताइएकी छिन्।

अन्य पार्टीबाट अफर आए पनि राष्ट्रको लागि अडिग भएर उभिने भएकाले राप्रपामै फर्किएको उनले बताएकी छन् । राप्रपामा राजनितिक यात्रा निरन्तरता दिने घोषणा गर्दै सम्मानको लागी पार्टी प्रति आभार व्यक्त गरेकी छिन्।