FLASH NEWS

नेपाली कांग्रेसकी नेतृ आरजु राणा जापान प्रस्थान


नेपाल आवाज ११ असार २०८०, सोमबार १९:४३ मा प्रकाशित २३७७ पाठक संख्या

काठमाडौं – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाकी पत्नी आरजु राणा देउवा जापान प्रस्थान गरेकी छिन् ।


सोमबार साँझ उनी जापान प्रस्थान गरेकी हुन् । जेठ ३० गते देउवासहित सिंगापुर गएकी उनी शुक्रबार मात्र नेपाल फर्केकी थिइन् ।

२०७९ सालको भदौमा उनी उपचार गर्न जापान गएकी थिइन् । सोही उपचारको फलो अपका लागि राणा जापान गएको कांग्रेसका एक केन्द्रीय सदस्यले जानकारी दिए ।