FLASH NEWS

राप्रपा बैठक: नवीन राप्रपाको नयाँ कार्यक्रम अनुमोदन


नेपाल आवाज ११ असार २०८०, सोमबार २०:४८ मा प्रकाशित १४५९ पाठक संख्या

काठमाडौं – राप्रपाको केन्द्रीय कार्यसम्पादन समितिको बैठक नवीन राप्रपाको नयाँ कार्यक्रम पारित गर्दै सम्पन्न भएको छ ।


बैठकले हालै सम्पन्न केन्द्रीय कार्यसमितिको बैठकले पारित गरेको राजनीतिक दस्तावेजका आधारमा नवीन राप्रपाको नयाँ कार्यक्रम अनुमोदन गरेको छ। जसअनुसार, पार्टीका केन्द्रीय पदाधिकारी तथा सदस्यहरुलाई भुगोल केन्द्रित स्थानीय तहको जिम्मेवारी निर्धारण गरेको छ ।

यसैगरी ७५३ वटै स्थानीय तहमा पार्टीका केन्द्रीय नेतालाई खटाउने पार्टी जीवनमा पहिलोपटक नयाँ अभ्यास प्रारम्भ भएको प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए।

बैठकले सातवटै प्रदेशमा प्रदेश संयोजकको व्यवस्था गर्नुका साथै प्रदेश संयोजकको काम, कर्तव्य र अधिकार समेत निर्धारण गरेको छ ।

बैठकले यसरी तोकिएका सबै प्रदेश संयोजक तथा भुगोल केन्द्रित नेताहरूको जिम्मेवारी ६ महिनाको लागि तोकेको पनि प्रवक्ता श्रेष्ठले जानकारी दिए।

बैठकले भुगोलमा खटिएर जाने नेताहरुले वडा तहबाटै संगठन गठन, पुनर्गठन लगायत कार्यविधिमा तोकिएका कामहरु सम्पन्न गर्नुपर्ने जिम्मेवारी पनि तोकिएको छ ।