FLASH NEWS

धादिङबाट ६१३ केजी लागु औषध गाँजासहित कन्टेनर चालक पक्राउ


नेपाल आवाज ११ असार २०८०, सोमबार २२:४२ मा प्रकाशित १५३१ पाठक संख्या

धादिङ – धादिङ प्रहरीले लागु औषध गाँजा सहित एक जनालाई पक्राउ गरेको छ ।


मकवानपुर र धादिङको दक्षिणी सिमानातिर अवैध रुपमा उत्पादन तथा संचय गरेको गाँजाको कारोबार भइ सवारी आउँदै गरेको बिशेष सूचना पाएको प्रहरीले धादिङ बेनिघाट रोराङ गांउपालिका – ९ मझिमटार चेक पोष्टबाट एच आर ३८ यु ३४३१ नम्बरको भारतीय डिब्बा कन्टेनर ट्रकमा भएको ६१३ के.जी. ७१० ग्राम गाँजा सहित एक जनालाई पक्राउ गरेको हो ।

कन्टेनरको चालकको सिट भन्दा माथि फल्स बटम बनाई काठमाण्डौंबाट भारतको मोतिहारीतर्फ लैजादै गरेको गाँजा सहित गाडीका चालक भारत, विहार, मोतिहारी जिल्ला नगदाहग्राम बस्ने बर्ष २७ को राजिब तिवारी भन्ने राहुल तिवारी पक्राउ परेको प्रहरीले जनाएको छ।

सवारी सहित एक जनालाई नियन्त्रणमा लिएर अन्य अभियुक्तहरुको खोजतलास लगायतको थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ ।

साथै धादिङ गजुरी गांउपालिका वडा नं.६ आदमघाट स्थित आस्थाइ प्रहरी पोस्टबाट खटिएको प्रहरी गस्ती टोलीले शंकास्पद रुपमा बोरा बोकी हिडिरहेको अवस्थामा गल्छी गांउपालिका वडा नं. ४ बस्ने बर्ष २५ को शंकर मिजार भन्ने शंकर बयलकोटी २ किलो ५०० ग्राम गाँजा सहित पक्राउ परेका छन्। उनी माथी थप अनुसन्धान कार्य भईरहेको प्रहरीले जनाएको छ।