आज: | Tue, 26, Sep, 2023
FLASH NEWS

‘अलिबाबा’का संस्थापक ज्याक मा नेपालमा


नेपाल आवाज १२ असार २०८०, मंगलवार १५:५९ मा प्रकाशित १२६१ पाठक संख्या

काठमाडौं – चर्चित चिनियाँ कम्पनी अलिबाबाका संस्थापक तथा चिनियाँ धनाढ्य ज्याक मा नेपाल आएका छन्।

हङकङ बिजनेश एभिएसनको जहाज चार्टर्ड गरी उनी मंगलबार दिउँसो काठमाडौं आइपुगेका हुन्।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उनीसहितको सात जनाको टोली काठमाडौंको नक्सालस्थित मेरियट होटलमा पुगेका छन्।

५ जना चिनियाँ नागरिक, एक जना डेनमार्कका र एक जना अमेरिकी नागरिक नेपाल आएका हुन्।

उनीहरूले प्रहरीसँग सुरक्षा माग गरेका छैनन्। उनले १५ दिनको पर्यटक भिसा लिएको अध्यागमन स्रोतले जानकारी दिएको छ।

चिनियाँ धनाढ्यको सूचीमा पाँचौ नम्बारमा रहेकाज्याक मा विश्वका डलर अर्बपतिहरुको सूचीमा ६३ औं स्थानमा छन् ।

स्रोतका अनुसार उनले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग पनि भेट्ने कार्यक्रम रहेको छ ।