FLASH NEWS

सर्वोच्चले माग्यो बालेनसँग लिखित जवाफ


नेपाल आवाज १२ असार २०८०, मंगलवार १९:०५ मा प्रकाशित १६०९ पाठक संख्या

काठमाडौं – सर्वोच्च अदालतले काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) शाहविरुद्धको मुद्दामा लिखित जवाफ माग गरेको छ ।


मंगलबार न्यायाधीश तिलप्रसाद श्रेष्ठको एकल इजलासले उक्त मुद्दामा मेयर बालेनसँग लिखित जवाफ माग्ने आदेश दिएको हो ।

महानगर प्रमुख शाहले ‘अदालतको आदेश मान्दिनँ’ भन्ने अभिव्यक्ति दिएपछि अधिवक्ता वर्षाकुमारी झाले सर्वोच्च अदालतमा ‘अदालतको अवहेलना’ सम्बन्धी रिट निवेदन दर्ता गराएकी थिइन् । उक्त रिटमाथि सुनुवाइका लागि आइतबार र सोमबार पेसी पेसी तोकिएपनि ‘हेर्न नभ्याउने’मा परेको थियो ।

बालेनले बलिउड फिल्म ‘आदिपुरुष’ समावेश भएको ‘भारतकी बेटी’ भन्ने शब्दलाई लिएर फिल्मबाट उक्त संवाद नहटाएसम्म नेपालमा उक्त र अन्य कुनै पनि हिन्दी फिल्म चल्न नदिने घोषणा गरेका थिए ।

त्यसलगत्तै हलवालाहरूको छाता संगठन चलचित्र संघले उच्च अदालत पाटनमा हालेको रिटमा अदालतले हिन्दी चलचित्रको प्रदर्शनमा रोक लगाउने निर्णय तत्काल कार्यान्वयन नगर्नु नगराउनु भन्दै अल्पकालीन अन्तरिम आदेश जारी गरेको थियो ।