FLASH NEWS

५० लाख दाइजो माग्ने बेहुला बिवाह मण्डपबाटै पक्राउ !


नेपाल आवाज १२ असार २०८०, मंगलवार २१:५४ मा प्रकाशित २१९७ पाठक संख्या

काठमाडौं – ५० लाख रुपैयाँ दाइजो माग्दै बेहुली पक्षलाई धम्काएको आरोपमा काठमाडौंको नक्साल स्थित लिसरा रिसेप्सेन पार्टी प्यालेसमा बिबाह समारोह हुदै गर्दा मण्डपबाटै बेहुला पक्राउ परेका छन् ।


अमेरिकाको ग्रिन कार्ड भएका सुनसरी जिल्ला दुहवी नगरपालिका वडा नं. ६ स्थाई घरभई हाल काठमाडौ महानगरपालीका वडा नं. १३ ताहाचल बस्ने वर्ष ३२ को अनुराग रौनियार पक्राउ परेका हुन् ।

उनले आफुहरुले मागेजति दाईजो प्राप्त नभएको र जन्तीलाई राम्रो स्वागत समेत नभएको भनि बिबाह नगर्ने अडान राखेको र बेहुलीलाई समेत हातपात गरे पछि प्रहरीले उनलाई पक्राउ गरेको हो ।

प्रहरीका अनुसार बेहला रौनियारले बिबाह गर्ने भए ५०,००,०००।– (पचास लाख रुपैयाँ) दिनु पर्ने माग समेत गरेका थिए । उक्त विषयमा दुई पक्षबीच विवाद समेत भएको थियो। त्यसपछि प्रहरीको टोली घटनास्थलमा पुगेको थियो।

यस अघि पनि रौनियारले बिवाह खर्च वापत पटक पटक गरी रु २२,००,०००।– (बाईस लाख रुपैयाँ) लगेको प्रहरीको बिज्ञप्तिमा उल्लेख छ ।

प्रहरीका अनुसार पक्राउ परेको रौनियार उपर बिवाह सम्बन्धी कसूर मुद्दामा काठमाण्डौ जिल्ला अदालतबाट ५ दिनको म्यादथप अनुमति लिएर अनुसन्धान गरिरहेको छ।