FLASH NEWS

बजेट नसच्चिए फेल गराउने एकीकृत समाजवादीका उपाध्यक्ष राजेन्द्र पाण्डेको चेतावनी


नेपाल आवाज १२ असार २०८०, मंगलवार २३:३३ मा प्रकाशित १०६९ पाठक संख्या

काठमाडाैं – सत्तारूढ नेकपा (एकीकृत समाजवादी)का उपाध्यक्ष राजेन्द्र पाण्डेले ‘असन्तुलित बजेट’ नसच्याए फेल गराउने चेतावनी दिएका छन् ।


सरकारले बुधबार बजेट पारित गर्ने तयारी गरिरहेका बेला सांसदसमेत रहेका पाण्डेले प्रधानमन्त्री र अर्थमन्त्रीले असन्तुलित बजेट सच्याउने प्रतिबद्धता नजनाए पक्षमा मतदान नगर्ने बताएका हुन् ।

‘बजेटको असन्तुलित छ । बजेट सन्तुलित हुने गरी अर्थमन्त्री, प्रधानमन्त्रीले बोल्नुपर्‍यो,’ उनले भने, ‘बजेट सच्याउनुपर्‍यो । नसच्याए र बजेट निर्माण प्रणालीमा सुधार नल्याए यो बजेट फेल हुन्छ ।’

उनले बजेटबारे निर्णय गर्न बुधबार बिहान १०ः३० बजे पार्टी संसदीय दलको बैठक बोलाइएको पनि जानकारी दिए । आफूहरूले सुरुदेखि नै बजेट प्रणाली सुधार्नुपर्ने माग राख्दै आएको उनको भनाइ छ ।

‘बजेट निर्माण गर्ने पद्धति नै ठिक छैन। जहिलेदेखि बजेट बन्दै आयो अर्थमन्त्री, मन्त्रीहरूले बिर्ताजस्तो ठाने । आफूलाई पुगेर धेरै भएको मात्रै अरू ठाउँमा दिने,’ पाण्डे भन्छन्, ‘त्यसो हुनाले बजेट निर्माणमा १६५ सांसहरूको भूमिका चाहियो । सांसदहरूसँग सल्लाह गरेर मात्रै बजेट निर्माण गर्ने प्रणाली बनाउनुपर्‍यो । प्रणाली सुधानुपर्‍यो ।’