FLASH NEWS

राष्ट्रपति पौडेल अस्पतालबाट डिस्चार्ज


नेपाल आवाज १३ असार २०८०, बुधबार १७:१६ मा प्रकाशित १६१५ पाठक संख्या

काठमाडौं – मुटुमा समस्या देखिएपछि अस्पताल भर्ना भएका राष्ट्रपति रामचन्द्र पौडेल बुधबार दिउँसो डिस्चार्ज भएका छन् ।


राष्ट्रपति रामचन्द्र पौडेलले गत असार २ गते स्वास्थ्य उपचारको क्रममा त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल तथा त्रिभुवन विश्वविद्यालय चिकित्सा शास्त्र अध्ययन संस्थान अन्तर्गत मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा भर्ना भएका थिए । अस्पतालमा उनको छातीमा पेस मेकर राखिएको थियो ।

राष्ट्रपति कार्यालयकी प्रवक्ता शैलजा रेग्मी भट्टराईका अनुसार  विभिन्न परीक्षण, चिकित्सकहरूको निगरानी तथा उपचारपछि आज दिउँसो डिस्चार्ज भई पौडेल राष्ट्रपति निवास फर्किएका छन् ।

चिकित्सकहरूका अनुसार राष्ट्रपति पौडेलको स्वास्थ्य अवस्था सामान्य छ । राष्ट्रपति पौडेलले स्वास्थ्य उपचारका लागि गठित विशेषज्ञ समूहमा संलग्न चिकित्सकहरू, परामर्श समूहमा संलग्न विभिन्न अस्पतालका चिकित्सकहरू, स्वास्थ्यकर्मी, कर्मचारी तथा सुरक्षाकर्मीलगायत सबैलाई धन्यवाद प्रकट गरेका छन् ।