FLASH NEWS

रवि लामिछानेको सांसद पद खारेजीको माग गर्दै परेको रिट खारेज


नेपाल आवाज १३ असार २०८०, बुधबार १७:३१ मा प्रकाशित १६४५ पाठक संख्या

काठमाडौं –  गत वैशाख १० गते भएको उपनिर्वाचनबाट चितवन २ बाट निर्वाचित सांसद रवि लामिछानेको पद खारेजीको माग गर्दै परेको रिट निवेदन खारेज भएको छ।


नेपाली नागरिकता पुनःप्राप्तिका लागि लामिछाने कार्यविधि पुरा नगरेको भन्दै परेको रिट निवेदनमाथि सुनुवाइ गर्दै सर्वोच्चले माघ १३ गते सांसद पद खारेज गरेको थियो।

दोस्रोपटक निर्वाचित लामिछानेले माघ १५ गते पुनः नेपाली नागरिकता लिँदा पूरा गर्नुपर्ने कानुनी कार्यविधि पूरा नगरेको र त्यसका आधारमा भएको मनोनयन खारेज गर्न युवराज पौडेलले दोस्रोपटक दायर गरेको रिट सर्वोच्चले खारेज गरेको हो।

पौडेलले लामिछानेले अमेरिकी नागरिकता त्याग गरेको निस्सा पेश नगरी नेपाली नागरिकता लिएको दाबी गरेका थिए। तर बुधबार संवैधानिक इजलासले रिट निवेदन नै खारेज गरेको हो।

प्रधानन्यायाधीश हरिकृष्ण कार्की र न्यायाधीशहरू विश्वम्भरप्रसाद श्रेष्ठ, आनन्दमोहन भट्टराई, प्रकाशमान सिंह राउत, सपना प्रधान मल्ल सम्मेलित संवैधानिक इजलासले रिट खारेज गरेको हो।