FLASH NEWS

इलाममा एमाले नेता योगेश भट्टराईमाथि आक्रमणको प्रयास


नेपाल आवाज १४ असार २०८०, बिहीबार १७:०१ मा प्रकाशित १४७७ पाठक संख्या

इलाम – नेकपा एमालेका सचिव योगेश भट्टराईलाई पहिचानवादी लिम्बुवान भोलेन्टियर्सका कार्यकर्ताहरुले इलाममा आक्रमण प्रयास गरेका छन्।


कोशी राखिएको प्रदेश १ को नाम पुन:नामकरण संघर्ष समितिका संयोजक डकेन्द्र सिंह थेगिमसहितको टोलीले भट्टराईलाई इलाम सदरमुकाममा आक्रमण प्रयास गरेका हुन्।

७२ औँ मदन भण्डारी जन्मजयन्तीको अवसरमा इलाममा आयोजित ‘आजको लोकतन्त्र, उपलब्धी र चुनौती’ विषयक अन्तरसंवादमा सहभागी हुने क्रममा भट्टराईमाथि आक्रमण प्रयास भएको हो।

त्यस कार्यक्रमलाई सम्बोधनका लागि उनीसँगै नेपाली कांग्रेसका नेता गुरुराज घिमिरे पनि पुगेका थिए।

भट्टराई सवार गाडीमै आक्रमण प्रयास भएपछि प्रहरीले जोगाएको थियो। आक्रमण प्रयाससहित पहिचानपक्षधरहरुले भट्टराईलाई कालोझण्डा पनि देखाए।

सशस्त्र प्रहरीले रोके पनि भट्टराई चढेको गाडी छेकेर पहिचानवादी कार्यकर्ताहरुले पहिचानविरोधी होसियार भन्दै नाराबाजी गरे।