FLASH NEWS

२०औँ राष्ट्रिय धान दिवस :कृषि मन्त्रीले ट्याक्टरबाटै रोपे धान


नेपाल आवाज १५ असार २०८०, शुक्रबार १०:५१ मा प्रकाशित १४४७ पाठक संख्या

काठमाडौं – २०औँ राष्ट्रिय धान दिवसका अवसरमा कृषि तथा पशुपक्षी विकास मन्त्री डा बेदुराम भुसालले धान रोपेका छन् ।


कृषि विभागको आयोजनामा खुमलटारस्थित कृषि अनुसन्धान परिषद् परिसरमा आयोजित रोपाइँ महोत्सवमा कृषिमन्त्री डा बेदुराम भुसाललगायत उच्च सरकारी अधिकारीले सहभागिता जनाएका हुन् ।

एक बिघा जमिनमा २० मिनेटमा रोपाइँ गर्न सकिने (मेसिन)ट्याक्टरमा चढेर मन्त्री भुसालले धान रोपेका थिए । साथै उनी लगायत मन्त्रालयका अधिकारीहरूले भौतिक रूपमा पनि धान रोपेका थिए ।

मन्त्री भुसालले सुरु गरेको क्षेत्रमा साढे २ रोपनी जग्गामा खुमल १० नामक धान रोपाइँ भएको राष्ट्रिय बाली विकास केन्द्रका प्रमुख वरिष्ठ बाली विज्ञ टीका कार्कीले जानकारी दिए ।

मन्त्री भुसालले प्रयोग गरेको मेसिनले मध्य पहाडका सम्म खेतका गरामा रोपाइँ गर्न सकिने बाली विकास केन्द्रले जनाएको छ ।