FLASH NEWS

उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठ स्वदेश फर्किए


नेपाल आवाज १७ असार २०८०, आईतवार १२:०६ मा प्रकाशित १२६१ पाठक संख्या

काठमाडौं – उपप्रधान एवम् गृहमन्त्रीमन्त्री नारायणकाजी श्रेष्ठ जनवादी चीनबाट स्वदेश फर्किएका छन् । पाँचदिने भ्रमण सकेर उपप्रधानमन्त्री श्रेष्ठ आज स्वदेश फर्किएका हुन् ।


उनलाई चीनको छेन्दुस्थित थियान्फु अन्तर्राष्ट्रिय विमानस्थलमा सिचुवान प्रान्त सरकारका उपमहासचिव सियाओ फङ्ग, चिनियाँ कम्युनिस्ट पार्टी (सिपिसी) सिचुवान एयरलाइन्स कमिटीका सचिव सी छयी र छेन्दुस्थित नेपाली महावाणिज्यदूत दिनेशकुमार घिमिरेलगायतले बिदाइ गरेका थिए ।

११ बजे ११ बजे त्रिभुवन विमानस्थलमा अवतरण भएका उनलाई पूर्व सभामुख एवम् माओवादी केन्द्रकी नेतृ ओनसरी घर्तीमगर, सुरक्षा निकायका प्रमुखहरू लगायतले स्वागत गरेका छन् ।

भ्रमणका क्रममा उपप्रधानमन्त्री श्रेष्ठ र चीनका उपप्रधानमन्त्री ह लि फङबीच द्विपक्षीय भेटवार्ता गरे भने छेन्दुमा आयोजित १९औँ पश्चिम चीन अन्तर्राष्ट्रिय मेलालाई मुख्य वक्ताका रूपमा सम्बोधन गरेका थिए ।

यस्तै सिचुवान एयरलाइन्सका पदाधिकारीसँगको छलफलमा उद्लेद छेन्दु-काठमाडौँ रुटमा हवाई उडान वृद्धि गर्न तथा छेन्दुबाट पोखरा र भैरहवा विमानस्थलमा उडान सुरु गर्न उनले आग्रह गरेका थिए ।

छेन्दुमा रहँदा उपप्रधानमन्त्री श्रेष्ठसहितको नेपाली प्रतिधिमण्डलले सन् २००८ को भूकम्पबाट ठूलो क्षति व्यहोरेको सिचुवान प्रान्तको वान चोन काउन्टीको पुनःनिर्माण तथा भूकम्पीय सङ्ग्रहालयको अवलोकन गरेको थियो । नेपाली प्रतिनिधिमण्डलले जिपिङ जलविद्युत् केन्द्र तथा दुजियाङ सिँचाइ प्रणालीको अवलोकन गरेको थियो ।

उपप्रधानमन्त्री श्रेष्ठ सात सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै गत बुधबार चीन गएका थिए ।