FLASH NEWS

गठबन्धनको बैठक बस्दै, माओवादीका एक मन्त्री फिर्ता बोलाउने तयारी


नेपाल आवाज १७ असार २०८०, आईतवार १३:५४ मा प्रकाशित १५९७ पाठक संख्या

काठमाडौं –  सत्तारुढ गठबन्धन दलको बैठक आज बस्दैछ । बैठक आज अपराह्न ४ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्ने भएको हो ।


बैठकमा सिके राउत नेतृत्वको जनमत पार्टीलाई सरकारमा सहभागी गराउनेबारे छलफल हुने बताइएको छ । राउतले आज बिहान प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गर्दै व्यवस्थापन राम्रो भए सरकारमा सहभागी हुन तयार रहेको बताएका थिए ।

प्रधानमन्त्री प्रचण्डले पनि समर्थन फिर्ता लिएर होइन, सरकारमै सहभागी भएर अघि बढ्न आग्रह गरेका थिए ।

प्रधानमन्त्री प्रचण्डले माओवादी केन्द्रका कुनै एक मन्त्रीलाई फिर्ता बोलाएर जनमतलाई सरकारमा सहभागी गराउने तयारी गरेका छन् । त्यसका लागि आजको बैठकमा कसलाई फिर्ता बोलाउने भन्नेबारे पनि छलफल हुने स्रोतले जानकारी दियो ।

सरकारमा माओवादीका उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठसहित ६ जना मन्त्री छन् । त्यसमध्ये पर्यटन मन्त्री सुदन किराती वा सामान्य प्रशासन मन्त्री अमनलाल मोदी मध्ये एक जनालाई फिर्ता बोलाउन सक्ने आँकलन गरिएको छ । यद्यपि प्रचण्ड कुनै निष्कर्षमा पुगिसकेका छैनन् ।