FLASH NEWS

जनमत पार्टीलाई पनि सरकारमा ल्याउने सत्ता गठबन्धनको निर्णय


नेपाल आवाज १८ असार २०८०, सोमबार १८:३३ मा प्रकाशित १४११ पाठक संख्या

काठमाडौं – सत्ता गठबन्धनमा जनमत पार्टीलाई पनि सरकारमा ल्याउने सहमति भएको छ ।


आज बालुवाटारमा बसेको बैठकले जनमत पार्टीका अध्यक्ष डा. सिके राउतलाई बालुवाटारमा बोलाएर छलफल गर्ने निर्णय भएको नेकपा एसका कार्यवहाक अध्यक्ष राजेन्द्र पाण्डेले बताए ।

उनले भने, ‘‘जनमत सरकारमा आउँछ भने सरकारमा ल्याउने समेट्ने समझदारी भयो । कुन मन्त्रालय दिने प्रधानमन्त्रीले मिलाउनु हुने छ।’ ‘सरकारको नेतृत्व प्रचण्ड कमरेडले गर्नु भएकाले मुख्य नेतृत्वले नै थोरै कमप्रोपाईज गर्नुपर्ने जस्तो छ ।’  मन्त्रालयको बारेमा चाहिँ अहिले भन्न सकिँदैन । अब दुईवटा मागेका छ भने राज्यमन्त्री दिने कि भन्ने कुरा भएको छ । त्यहीअनुुसार सरकारमा जनमतलाई आमन्त्रण गर्ने सहमति भएको छ ।’

आइतबार प्रधानमन्त्री प्रचण्डले जनमत पार्टीका अध्यक्ष सिके राउतलाई भेटेर सरकारमा आउन प्रस्ताव गरेका थिए । सरकारमा आउन वातावरण मिलाए आउन तयार रहेको राउतले बचन दिएका थिए । त्यसलगत्तै सत्ता गठबन्धनको बैठक बसेर राउत नेतृत्वको पार्टीलाई सरकारमा ल्याउने समझदारी बनेको हो ।