FLASH NEWS

पुरानै ग्रेडिङमा एसईईको नतिजा सार्वजनिक हुने


नेपाल आवाज १९ असार २०८०, मंगलवार १६:१५ मा प्रकाशित २१६१ पाठक संख्या

काठमाडौं –  माध्यामिक शिक्षा परीक्षा (एसईई) को नतिजा पुरानै ग्रेडिङमा सार्वजनिक हुने भएको छ ।


नतिजा प्रकाशनको अन्तिम तयारीमा रहेको राष्ट्रिय परीक्षा बोर्डले पुरानै ग्रेडिङमा नतिजा सार्वजनिक गर्ने निर्णय गरेको हो ।

शुक्रबारसम्म नजिता सार्वजनिक गर्ने तयारी गरेको बोर्ड यसअघि पुरानै ग्रेडिङमा नतिजा सार्वजनिक गर्ने कि नयाँमा भन्ने अन्योलतामा थियो ।

सरकारले लेटर ग्रेडिङ निर्देशिका, २०७८ लाई संशोधन गरेर सैद्धान्तिकतर्फ ३५ र प्रयोगात्मकतर्फ ४० अङ्क ल्याउनेहरुलाई मात्र ग्रेडिङमा समावेश गर्ने व्यवस्था गरेको छ । यस भन्दा अंक ल्याउन ल्याउनेको प्रमाणपत्रमा नै एनजी अर्थात् नन ग्रेडेड लेखिने, मूल प्रमाणपत्र नै नपाउने र कक्षा ११ मा पढ्न नपाउने व्यवस्था उक्त निर्देशिकामा छ ।

तर बोर्डले यो वर्षको एसईई नतिजा प्रकाशनमा यो व्यवस्था लागू नगरी अक्षरांकन (ग्रेडिङ) विधि लागू गर्नेछ । यो विधिमा ‘ई’ ग्रेड पनि निर्धारण गरेर विद्यार्थीलाई प्रमाणपत्र वितरण गरिन्छ ।

चालु शैक्षिक सत्रमा सबै कक्षामा नयाँ पाठ्यक्रम अनुसार पढाइ भएकाले अबदेखि भने नयाँ ग्रेडिङ प्रणाली लागू हुने बोर्डका अध्यक्ष बोर्डका अध्यक्ष महाश्रम शर्माले जानकारी दिए । ।

गत चैत १७ गतेदेखि सञ्चालित परीक्षामा ४ लाख ८५ हजार ३ सय ९६ विद्यार्थी सहभागी थिए ।