FLASH NEWS

एलओडीका सञ्चालक राजुसिंह सुवाल पक्राउ


नेपाल आवाज २१ असार २०८०, बिहीबार १९:५९ मा प्रकाशित १६३९ पाठक संख्या

काठमाडौं – काठमाडौँको ठमेलस्थित लर्ड अफ द ड्रिंक्स (एलओडी) क्लबका सञ्चालक राजुसिंह सुवाल पक्राउ परेका छन् । बिहीबार साँझ प्रहरीले उनलाई बालुवाटारबाट पक्राउ गरेको हो ।


जिल्ला प्रहरी परिसर ललितपुरका एसएसपी सिद्धी विक्रम शाहले क्लबमा एक पुगेकी नाबालिग बलात्कृत घटनामा सञ्चालक सुवाललाई पक्राउ गरिएको बताए ।

यसअघि बिहीबार नै जिल्ला प्रहरी परिसर ललितपुरले ललितपुर जिल्ला अदालतबाट क्लबका दुईजना सञ्चालक रुदिल श्रेष्ठ र राजुसिंह सुवालविरुद्ध पक्राउ अनुमति लिएको थियो ।

एलओडी क्लब पुगेका १५ वर्षीया नाबालिगलाई पोखरा घर भएका ५० वर्षीय सुदन कोइरालाले ललितपुर आफ्नो कोठामा लगेर बलात्कार गरेको आरोप लागेको छ । उनलाई यसअघि नै प्रहरीले पक्राउ गरिसकेको छ ।