FLASH NEWS

सांसद अमरेशविरुद्ध आरजुको गाली बेइज्जती मुद्दा


नेपाल आवाज २२ असार २०८०, शुक्रबार १६:५१ मा प्रकाशित १७६५ पाठक संख्या

काठमाडौं – कांग्रेस केन्द्रीय सदस्य तथा सांसद डा.आरजु देउवा राणाले स्वतन्त्र सांसद अमरेश कुमार सिंहविरुद्ध गाली बेइज्जती मुद्दा दर्ता गरेर विदेश भ्रमणमा निस्किएको खुलेको छ ।


जेठ २४ गते जिल्ला अदालतमा दायर भएको गाली बेइज्जती मुद्दाको सुनुवाई असार २४ गते अर्थात आगामी आइतवार हुँदैछ । अदालतले सांसद अमरेशलाई पनि बोलाएको छ ।

आफूलाई प्रतिनिधि सभामा गणतन्त्रकी पम्फादेवी भनेको तथा विभिन्न सन्चारमाध्यममा समेत भ्रष्टाचारी भनेर दिएका अन्तर्वार्ताका क्लिपसमेत संलग्न गरेर मानहानीको मुद्दा दायर गरिएको हो ।

उनले सिंहमाथि हदैसम्मको कारबाही र आफूलाई क्षतिपूर्ति माग गरेकी छन् ।