FLASH NEWS

पहिराेले मुग्लिन नारायणगढ सडकखण्ड अवरुद्ध


नेपाल आवाज २३ असार २०८०, शनिबार १७:४४ मा प्रकाशित १८१३ पाठक संख्या

चितवन – सुख्खा पहिराे खसेर मुग्लिन नारायणगढ सडक अवरुद्ध भएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार काली खाेला नजिकै शनिबार दिउँसो ४ बजे सुख्खा पहिराे खस्दा सडक अवरुद्ध भएको हो ।


सडक डिभिजन कार्यालय भरतपुरले पहिराे हटाउनका लागि उपकरणसहितको जनशक्ति पहिराेस्थलतर्फ पठाएको र पहिरो पन्छाएर सडक खुलाउन केही समय लाग्ने बताएको छ ।

सडक अवरुद्ध हुँदा मुग्लिनतर्फ जाने र नारायणगढतर्फ आउने सवारी साधन जाममा परेका छन् ।

अघिल्लो हप्ता तुइनखोल पुल नजिक पहिरो खस्दा पटक पटक सडक बन्द भएको थियो । गएको सोमवारपछि भने त्यहाँ लामो समय गाडी रोक्नुपर्ने गरी पहिरो झरेको छैन । आज कालीखोला नजिक सुक्खा पहिरो खसेको हो ।