FLASH NEWS

शीर्ष नेताको बैठक : संसदको गतिरोध अन्त्य गर्ने सहमति


नेपाल आवाज २४ असार २०८०, आईतवार १३:५४ मा प्रकाशित ११७७ पाठक संख्या

काठमाडौं – सिंहदरवारमा बसेको तीन दलका शीर्ष नेताको बैठकमा संसदको गतिरोध अन्त्य गर्ने सहमति भएको छ ।


आइतबार बिहान प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवाबीच भएको छलफलमा संसद्को अवरोध हटाउने विषयमा समझदारी बनेको हो ।

आइतबार दिउँसो १ बजेका लागि निर्धारण गरिएको प्रतिनिधिसभाको बैठक प्रधानमन्त्रीको अनुरोधमा सभामुख देवराज घिमिरेले सदन २ घण्टा पछि सार्नुभएको छ ।

प्रधानमन्त्री दाहालले आइतबार ३ बजेका लागि तय भएको बैठकलाई सम्बोधन गरेर प्रतिनिधिसभा बैठक अगाडि बढाउने समझदारी भएको कांग्रेस संसदीय दलका प्रमुख रमेश लेखकले जानकारी दिए ।

सरदार प्रितम सिंहको बारेमा उनकी छोरी दीप सन्धुले लेखेको ‘रोड्स टु द भ्याली’ पुस्तकको यही असार १८ गते काठमाडौंमा आयोजित विमोचन कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले विवादास्पद अभिव्यक्ति दिएका थिए । अभिव्यक्ति दिएपछि राजनीतिक वृत्त तरंगित भएको थियो।

त्यसयता एमाले प्रधानमन्त्रीको राजीनामा मागेको थिए भने रास्वपा र राप्रपालगायतका दलहरूले प्रधानमन्त्रीबाट जवाफ आउनुपर्ने माग राखेका छन् ।

तीन दलको छलफलछि एमाले एमालेले प्रधानमन्त्रीको राजीनामा व्याक भएको छ।