FLASH NEWS

मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई ज्यान मार्ने धम्की दिने पक्राउ


नेपाल आवाज २६ असार २०८०, मंगलवार ११:२४ मा प्रकाशित १६६३ पाठक संख्या

काठमाडौं – मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई ज्यान मार्ने धम्की दिने व्यक्ति पक्राउ परेका छन् ।


उनलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले मंगलबार बिहान काठमाडौंको महाराजगञ्जबाट पक्राउ गरेको हो ।

उनले प्रसाईँसँग चन्दा भन्दै २० करोड रुपैयाँ माग गरेका थिए । प्रसाईंले सो रकम दिन अस्वीकार गरेपछि ती व्यक्तिले प्रसाईंलाई ज्यान मार्ने धम्की दिँदै आएका थिए ।

पक्राउ परेका व्यक्ति को हुन् भन्ने प्रहरीले खुलाएको छैन ।  यस विषयमा थप विवरण आउन बाँकी रहेको छ ।