FLASH NEWS

काठमाडौँ आउँदै गरेकाे मनाङ एयरको हेलिकप्टर सम्पर्कविहीन


नेपाल आवाज २६ असार २०८०, मंगलवार ११:३६ मा प्रकाशित १३८७ पाठक संख्या

काठमाडौं – सोलुखुम्बुको सुर्केबाट काठमाडौँ आउँदै गरेको मनाङ एयरको हेलिकप्टर सम्पर्कविहीन भएको छ ।


खराब मौसमका कारण लुक्ला विमानस्थल तल सुर्केबाट बिहान करिब १० बजे उडेको मनाङ एयरको ९–एन–एमभी हेलिकप्टर ५–७ मिनेटमा नै सम्पर्कविहीन हुन पुगेको नेपाल वायुसेवा सञ्चालक संघले जानकारी दिएको छ ।

हेलिकप्टरमा पाँच जना विदेशी र एक जना पाइलटसहित ६ जना यात्रु रहेका थिए ।  उडान लगत्तै बिहान १० बजेर १ मिनेटमा सम्पर्कमा आएपनि त्यसपछि सम्पर्क विहीन हुन पुगेको वायुसेवा सञ्चालक संघका प्रवक्ता योगराज कँडेलले जानकारी दिए । अहिले वेपत्ता हेलिकप्टरको खोजि कार्य भइरहेको उनले जानकारी दिए ।