FLASH NEWS

मनाङ एयरको हेलिकप्टर खोज्न लाम्जुराडाँडा क्षेत्रमा प्रहरी परिचालन


नेपाल आवाज २६ असार २०८०, मंगलवार १२:३१ मा प्रकाशित १५०७ पाठक संख्या

काठमाडौं – सोलुखुम्बुबाट काठमाडौंका लागि उडेको मनाङ एयरको ’एनए–एमभी’ कलसाइन भएको हेलिकप्टर सम्पर्कविहीन भएपछि खोजी गर्न प्रहरी परिचालन गरिएको छ ।


सोलुदुधकुण्ड नगरपालिका र लिखुपिके गाउँपालिकानजिकै पर्ने लाम्जुरा भन्ने स्थानमा हेलिकप्टर खोजीका लागि प्रहरीहरू परिचालन गरिएको हो । सोलुखुम्बुका प्रमुख जिल्ला अधिकारी बसन्त भट्टराईले हेलिकप्टर खोजीका लागि प्रहरी परिचालन गरिसकिएको जानकारी दिए ।

आज बिहान १० बजे सोलुखुम्बुको सुर्केबाट उडेको हेलिकप्टर सवा १० बजे सम्पर्कविहीन भएको थियो ।

हेलिकोप्टरमा २ पुरुष र तीन महिला गरी पाँच जना मेक्सिकन नागरिक र एक जना नेपाली छन् । पाइलट चेत बहादुर गुरुङ रहेको प्रजिअ भट्टराईले बताए ।

यता, काठमाडौंबाट मनाङ एयरको हेलिकप्टर  खोज्न काठमाडौँबाट ६ जनाको उद्दार टिमसहित अल्टिच्यूड एयरको हेलिकप्टर परिचालन गरिएको छ ।