FLASH NEWS

सीताको निधनप्रति ओलीले गरे दुःख व्यक्त


नेपाल आवाज २७ असार २०८०, बुधबार १४:३७ मा प्रकाशित १८२५ पाठक संख्या

काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ की पत्नी सीता दाहालको निधनप्रति दुःख व्यक्त गरेका छन्।


अध्यक्ष ओलीले बुधबार एक ट्वीट गर्दै दाहालको निधनको खबरले आफू अत्यन्तै दुःखी भएको जनाएका छन्।

उनले दिवंगत दाहालप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै पत्नी वियोगमा रहेका प्रधानमन्त्री दाहाललगायत शोकाकुल परिवारमा गहिरो समवेदना व्यक्त गरेका छन्।

नर्भिक अन्तर्राष्ट्रिय अस्पताल उपचारका क्रममा आज बिहान ८ः३३ बजे सीताकाे निधन भएको थियो। दाहालको आजै पशुपति आर्यघाटमा सम्मानसहित अन्त्येष्टि गरिने छ।