आज: | Mon, 04, Dec, 2023
FLASH NEWS

सीतालाई राजकीय सम्मानसहित अन्त्येष्टि गर्दा कमल थापाले सम्झिए पूर्वप्रधानमन्त्री मरिचमान सिंह


नेपाल आवाज २७ असार २०८०, बुधबार २३:३१ मा प्रकाशित ११५९ पाठक संख्या

काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टी, नेपालका अध्यक्ष कमल थापाले दिवंगत पूर्वप्रधानमन्त्री मरिचमान सिंह श्रेष्ठको निधनमा राजकीय सम्मान नदिएकोप्रति असन्तुष्टि जनाएका छन्।

प्रधानमन्त्री पुष्पकमल दाहालकी पत्नी सीता दाहाललाई राजकीय सम्मानका साथ अन्येष्टी गरिएको केही घण्टापछि उनले मरिचमान सिंह श्रेष्ठ सम्झँदै असन्तुष्टि जनाएका हुन्।

गणतान्त्रिक सरकारले श्रेष्ठलाई राजकीय सम्मान नदिएको सम्झँदै उनले लेखेका छन्, ‘आज किन किन पूर्वप्रधानमन्त्री राष्ट्रवादी नेता स्व. मरिचमान सिंह श्रेष्ठको सम्झना आयो। श्रेष्ठको निधनमा गणतान्त्रिक सरकारले राजकीय सम्मान दिएन, दिनचाहेन।’

पूर्वप्रधानमन्त्री श्रेष्ठले भारतले १४ महिना नाकाबन्दी लगाउँदा हवाईजहाजबाट नुनतेल ल्याएर जनतालाई खुवाएर विदेशीसामू घुँडा नटेकेकोसमेत उल्लेख गरेका छन्।

प्रधानमन्त्रीपत्नी सीता दाहालको बुधबार निधन भएपछि उनलाई सरकारले राजकीय सम्मानसहित अन्येष्टि गरेको थियो।

थियो।