FLASH NEWS

नक्कली भुटानी शरणार्थी प्रकरणमा थप एक जना पक्राउ


नेपाल आवाज २८ असार २०८०, बिहीबार १३:५७ मा प्रकाशित १९२१ पाठक संख्या

काठमाडौं – नक्क्ली भुटानी शरणार्थी प्रकरणमा फरार रहेका थप एक जना पक्राउ परेका छन् । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले केशब तुलाधरलाई पक्राउ गरेको हो ।


उनीविरुद्ध यसअघि नै मुद्दा दायर भएपनि उनी फरार रहँदै आएका थिए । जाहेरवाला गजेन्द्र बुढाथोकी लगायतका व्यक्तिहरूलाई ठगी गर्ने कार्यमा संलग्न रही फरार रहेका थिए । उनलाई सानो भर्‍याङबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ।

उनलाई ठगी तथा सङ्गठित अपराध समेतको कसुरमा आवश्यक कारबाहीको लागि जिल्ला प्रहरी परिसर, टेकु पठाइएको कार्यालयका प्रहरी उपरीक्षक तथा रवीन्द्र रेग्मीले जानकारी दिए ।

असन स्थायी ठेगाना भएका तुलाधर पक्राउ परेसँगै नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ पर्नेको सङ्ख्या १९ पुगेको छ ।

यसअघि नै जिल्ला अदालत काठमाडौँको आदेशमा बालकृष्ण खाण, टोपबहादुर रायमाझीलगायत प्रतिवादी पुर्पक्षका लागि थुनामा रहेका छन् ।