FLASH NEWS

सावित्राले इन्ज्युरी समयमा गोल गर्दा नेपाल हारबाट जोगियो


नेपाल आवाज २८ असार २०८०, बिहीबार २०:३४ मा प्रकाशित १३९३ पाठक संख्या

काठमाडौं – अन्तर्राष्ट्रिय मैत्रीपूर्ण महिला फुटबलमा नेपाल र घरेलु टोली बङ्लादेशले बराबरी खेलेका छन् । ढाकाको मोहम्मद मुस्तफा कमल रङ्गशालामा आज बिहीवार भएको खेलमा नेपाल र बङ्गलादेशले १–१ गोलको बराबरी खेले ।


बङ्गलादेशकी सबिना खातुनले खेलको ६५ औँ मिनेटमा गोल गर्दै टोलीलाई अग्रता दिलाएको थिइन् । हारतर्फ उन्मुख नेपाललाई सावित्रा भण्डारीलाई बचाएकी थिईन् । उनले इन्जुरी समयमा गोल गर्दै नेपाललाई बराबरीको नतिजा दिलाएकी हुन् ।

गएको वर्ष भदौमा काठमाण्डौमा सम्पन्न साफ च्याम्पियनशिपको फाइनलपछि नेपाल र बङ्लादेशले दुई वटा मैत्रीपूर्ण फुटबल खेल्न लागेका हुन् ।

पहिलो पटक साफ च्याम्पियनशिपको उपाधि जित्दा बङ्लादेशले नेपाललाई ३–१ गोलले हराएको थियो । नेपालले अहिलेसम्म साफ च्याम्पियनशिपको उपाधि जित्न सकेको छैन ।

नेपाल र बङ्लादेशबीच दोस्रो मैत्रीपूर्ण फुटबल पर्सि आइतवार हुनेछ ।